Psalmen 105:1-5

परमप्रभुलाई धन्यवाद चढ़ाओ, उहाँका नाउँको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर। उहाँको निम्ति गाओ, उहाँको निम्ति प्रशंसाको भजन गाओ, उहाँका सबै आश्चर्यकर्महरूको बयान गर। उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्। परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज। उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर
भजनसंग्रह 105:1-5