Psalmen 103:2-8

हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी— जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्छ, जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ, जसले, तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ, ताकि तेरो जवानी चीलको जस्तै फेरि नयाँ होस्। थिचोमिचोमा परेकाहरू सबैका निम्ति परमप्रभुले धार्मिकता र न्यायको काम गर्नुहुन्छ। उहाँले मोशालाई आफ्ना मार्ग, र इस्राएलीहरूलाई आफ्ना काम प्रकट गर्नुभयो। परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करुणामय हुनुहुन्छ।
भजनसंग्रह 103:2-8