Psalms 103:13-19

भजनसंग्रह 103:13-19 - जसरी बुबाले आफ्‍ना छोराछोरीहरूलाई टिठ्याउँछन्‌, त्‍यसरी नै उहाँका भय मान्‍नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्‍छ।
किनभने उहाँ जान्‍नुहुन्‍छ, हाम्रो सृष्‍टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्‍झनुहुन्‍छ।
मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्‍यो ढकमक्‍क फुल्‍दछ,
अनि बतास त्‍यस फूलमाथि भएर जान्‍छ,
र त्‍यो विलीन हुन्‍छ,
र त्‍यसको ठाउँले पनि त्‍यसको याद गर्दैन।
तर परमप्रभुको करुणा आफ्‍ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्‍तदेखि अनन्‍तसम्‍म रहन्‍छ—
तिनीहरूमाथि ज-जसले उहाँको करार पालन गर्दछन्‌,
र उहाँका आदेशहरू पालन गर्न ख्‍याल गर्छन्‌।
परमप्रभुले आफ्‍नो सिंहासन स्‍वर्गमा स्‍थिर गर्नुभएको छ, र उहाँको प्रभुत्‍वले सबैमाथि शासन गर्दछ।

जसरी बुबाले आफ्‍ना छोराछोरीहरूलाई टिठ्याउँछन्‌, त्‍यसरी नै उहाँका भय मान्‍नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्‍छ। किनभने उहाँ जान्‍नुहुन्‍छ, हाम्रो सृष्‍टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्‍झनुहुन्‍छ। मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्‍यो ढकमक्‍क फुल्‍दछ, अनि बतास त्‍यस फूलमाथि भएर जान्‍छ, र त्‍यो विलीन हुन्‍छ, र त्‍यसको ठाउँले पनि त्‍यसको याद गर्दैन। तर परमप्रभुको करुणा आफ्‍ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्‍तदेखि अनन्‍तसम्‍म रहन्‍छ— तिनीहरूमाथि ज-जसले उहाँको करार पालन गर्दछन्‌, र उहाँका आदेशहरू पालन गर्न ख्‍याल गर्छन्‌। परमप्रभुले आफ्‍नो सिंहासन स्‍वर्गमा स्‍थिर गर्नुभएको छ, र उहाँको प्रभुत्‍वले सबैमाथि शासन गर्दछ।

भजनसंग्रह 103:13-19

Psalms 103:13-19