Proverbs 9:10-18

हितोपदेश 9:10-18 - “परमप्रभुको भय मान्‍नु नै बुद्धिको सुरुआत हो,
र परमपवित्रको ज्ञान नै समझशक्ति हो।
किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्‌।
तँ बुद्धिमान्‌ भइस्‌ भने तेरो बुद्धिले नै तँलाई इनाम ल्‍याउनेछ, तँ गिल्‍ला गर्ने व्‍यक्ति भइस्‌ भने तैंले मात्र नोक्‍सान बेहोर्नुपर्नेछ।
“मूर्खता” भनिने स्‍त्री चर्की हुन्‍छे, त्‍यो अनुशासनहीन र अज्ञानी हुन्‍छे।
त्‍यो आफ्‍नो घरको ढोकामा सहरको सबैभन्‍दा अग्‍ला ठाउँहरूमा भएको आसनमा बस्‍छे।
त्‍यसको नजिकैबाट सरासर आफ्‍नो बाटो हिँड़िरहेकाहरूलाई त्‍यसले बोलाउँछे।
ती समझ नभएकाहरूलाई त्‍यसले भन्‍छे, “सबै अज्ञानी जति यता आऊन्‌।
चोरीको पानी मीठो हुन्‍छ, गुप्‍तमा खाएको रोटी स्‍वादिष्‍ठ हुन्‍छ।”
तर मृतकहरूको वास त्‍यहाँ हुन्‍छ,
र त्‍यस स्‍त्रीका पाहुनाहरू पातालको गहिराइमा पुगिसकेका छन्‌ भन्‍ने कुराको ज्ञान तिनीहरूलाई रत्तीभर हुँदैन।

“परमप्रभुको भय मान्‍नु नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो। किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्‌। तँ बुद्धिमान्‌ भइस्‌ भने तेरो बुद्धिले नै तँलाई इनाम ल्‍याउनेछ, तँ गिल्‍ला गर्ने व्‍यक्ति भइस्‌ भने तैंले मात्र नोक्‍सान बेहोर्नुपर्नेछ। “मूर्खता” भनिने स्‍त्री चर्की हुन्‍छे, त्‍यो अनुशासनहीन र अज्ञानी हुन्‍छे। त्‍यो आफ्‍नो घरको ढोकामा सहरको सबैभन्‍दा अग्‍ला ठाउँहरूमा भएको आसनमा बस्‍छे। त्‍यसको नजिकैबाट सरासर आफ्‍नो बाटो हिँड़िरहेकाहरूलाई त्‍यसले बोलाउँछे। ती समझ नभएकाहरूलाई त्‍यसले भन्‍छे, “सबै अज्ञानी जति यता आऊन्‌। चोरीको पानी मीठो हुन्‍छ, गुप्‍तमा खाएको रोटी स्‍वादिष्‍ठ हुन्‍छ।” तर मृतकहरूको वास त्‍यहाँ हुन्‍छ, र त्‍यस स्‍त्रीका पाहुनाहरू पातालको गहिराइमा पुगिसकेका छन्‌ भन्‍ने कुराको ज्ञान तिनीहरूलाई रत्तीभर हुँदैन।

हितोपदेश 9:10-18

Proverbs 9:10-18