Proverbs 31:10-31

हितोपदेश 31:10-31 - उच्‍च चरित्र भएकी पत्‍नी कसले पाउन सक्‍छ? तिनी मानिकभन्‍दा पनि अति नै बढ़ी मूल्‍यकी हुन्‍छिन्‌।
तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्,
र उनलाई कुनै असल कुराको अभाव हुँदैन।
तिनले आफ्‍नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन।
तिनले ऊन र सनपाट चुनेर आफ्‍ना हातहरूले उत्‍सुकतासाथ काम गर्छिन्‌।
व्‍यापारी जहाजहरूले जस्‍तै तिनले टाढ़ाबाट भोजन ल्‍याउँछिन्‌।
तिनी राती नै उठ्‌छिन्, आफ्‍नो परिवारको लागि भोजनको इन्‍तिजाम गर्छिन्,
र आफ्‍नी दासी ठिटीहरूलाई आ-आफ्‍नो भाग दिन्‍छिन्‌।
खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्‍छिन्,
र आफ्‍नो कमाइले तिनी दाखबारी लाउँछिन्‌।
तिनले आफ्‍नो काम फूर्तिसँग गर्छिन्, आफ्‍नो कामको लागि तिनका पाखुराहरू बलिया छन्‌।
तिनले आफ्‍नो कारोबार लाभदायक भएको देख्‍छिन्,
र तिनको बत्ती राती निभ्‍दैन।
तिनले आफ्‍नो हातमा चर्खाको डन्‍डा लिन्‍छिन्,
र आफ्‍नै औँलाले पिउरी पक्रन्‍छिन्‌।
तिनले गरीबहरूलाई आफ्‍नो मुट्ठी खोल्‍छिन्,
र आफ्‍नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्‌।
हिउँ पर्दा आफ्‍नो परिवारको निम्‍ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्‍दूरे रङ्गको वस्‍त्र पहिरेका हुन्‍छन्‌।
तिनले आफ्‍नो खाटको लागि ओढ्‌ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपड़ाले पहिरेकी हुन्‍छिन्‌।
तिनका पति सहरको मूल ढोकामा सम्‍मानित हुन्‍छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्‍छन्‌।
तिनले सूती कपड़ाका वस्‍त्रहरू बनाउँछिन्‌ र ती बिक्री गर्छिन्,
र व्‍यापारीहरूलाई पटुकाहरू उपलब्‍ध गर्छिन्‌।
तिनी सामर्थ्‍य र प्रतिष्‍ठाले सुशोभित हुन्‍छिन्,
र आउने दिनहरूका बारेमा तिनी हाँस्‍न सक्‍छिन्‌।
तिनी बुद्धिसँग बोल्‍छिन्,
र तिनको जिब्रोमा विश्‍वास योग्य उपदेश हुन्‍छ।
तिनी आफ्‍नो परिवारका कारोबारको रेखदेख गर्छिन्,
र आलस्‍यको रोटी खाँदिनन्‌।
तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्‍य भन्‍छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्‌:
“धेरै स्‍त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”
सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ,
र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ।
तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्‍याऊन्‌।

उच्‍च चरित्र भएकी पत्‍नी कसले पाउन सक्‍छ? तिनी मानिकभन्‍दा पनि अति नै बढ़ी मूल्‍यकी हुन्‍छिन्‌। तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन। तिनले आफ्‍नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन। तिनले ऊन र सनपाट चुनेर आफ्‍ना हातहरूले उत्‍सुकतासाथ काम गर्छिन्‌। व्‍यापारी जहाजहरूले जस्‍तै तिनले टाढ़ाबाट भोजन ल्‍याउँछिन्‌। तिनी राती नै उठ्‌छिन्, आफ्‍नो परिवारको लागि भोजनको इन्‍तिजाम गर्छिन्, र आफ्‍नी दासी ठिटीहरूलाई आ-आफ्‍नो भाग दिन्‍छिन्‌। खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्‍छिन्, र आफ्‍नो कमाइले तिनी दाखबारी लाउँछिन्‌। तिनले आफ्‍नो काम फूर्तिसँग गर्छिन्, आफ्‍नो कामको लागि तिनका पाखुराहरू बलिया छन्‌। तिनले आफ्‍नो कारोबार लाभदायक भएको देख्‍छिन्, र तिनको बत्ती राती निभ्‍दैन। तिनले आफ्‍नो हातमा चर्खाको डन्‍डा लिन्‍छिन्, र आफ्‍नै औँलाले पिउरी पक्रन्‍छिन्‌। तिनले गरीबहरूलाई आफ्‍नो मुट्ठी खोल्‍छिन्, र आफ्‍नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्‌। हिउँ पर्दा आफ्‍नो परिवारको निम्‍ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्‍दूरे रङ्गको वस्‍त्र पहिरेका हुन्‍छन्‌। तिनले आफ्‍नो खाटको लागि ओढ्‌ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपड़ाले पहिरेकी हुन्‍छिन्‌। तिनका पति सहरको मूल ढोकामा सम्‍मानित हुन्‍छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्‍छन्‌। तिनले सूती कपड़ाका वस्‍त्रहरू बनाउँछिन्‌ र ती बिक्री गर्छिन्, र व्‍यापारीहरूलाई पटुकाहरू उपलब्‍ध गर्छिन्‌। तिनी सामर्थ्‍य र प्रतिष्‍ठाले सुशोभित हुन्‍छिन्, र आउने दिनहरूका बारेमा तिनी हाँस्‍न सक्‍छिन्‌। तिनी बुद्धिसँग बोल्‍छिन्, र तिनको जिब्रोमा विश्‍वास योग्य उपदेश हुन्‍छ। तिनी आफ्‍नो परिवारका कारोबारको रेखदेख गर्छिन्, र आलस्‍यको रोटी खाँदिनन्‌। तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्‍य भन्‍छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्‌: “धेरै स्‍त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।” सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ, र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ। तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्‍याऊन्‌।

हितोपदेश 31:10-31

Proverbs 31:10-31