Proverbs 16:3-9

तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्। परमप्रभुले सबै कुरा उहाँको आफ्नै उद्देश्यका लागि बनाउनुहुन्छ, दुष्टलाई समेत विनाशको दिनको लागि उहाँले राख्नुभएको छ। परमप्रभु हृदयमा घमण्ड भएका सबैलाई घिनाउनुहुन्छ, यो निश्चय छ, तिनीहरू दण्डरहित रहनेछैनन्। प्रेम र विश्वासयोग्यताद्वारा पापको प्रायश्चित हुन्छ, परमप्रभुको भयद्वारा मानिस खराबीदेखि अलग रहन्छ। जब मानिसका मार्गहरू परमप्रभुलाई मन पर्ने हुन्छन्, उहाँले त्यसका शत्रुहरूलाई समेत त्यससँग मिलापमा राख्नुहुन्छ। धार्मिकतासित थोरै हुनु अन्यायसँग धेरै लाभ भएको भन्दा उत्तम हो। मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ।
हितोपदेश 16:3-9