Proverbs 1:7-15

परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। हे मेरो छोरा, आफ्नो बुबाको आदेश सुन् र आफ्नी आमाको शिक्षा नत्याग्। ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्मानको हार हुनेछ। हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्। तिनीहरू भन्लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्न ढुकिबसौं, चिहानले निलेझैँ, र गहिरो भड्खालोमा परी त्यसको पीँधमा पुग्नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं। हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं, तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्नेछौं।” हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्
हितोपदेश 1:7-15