Philippians 3:13-17

फिलिप्पी 3:13-17 - भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्‍दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्‍कँदै ख्रीष्‍ट येशूमा परमेश्‍वरको स्‍वर्गीय बोलावटमा पाइने पुरस्‍कारको निम्‍ति निशानातिर म जोड़सँग अगि बढ्‌दछु।
हामी परिपक्‍व हुनेहरूचाहिँ सबै यस्‍तै मनका होऔं, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्‍वरले तिमीहरूलाई त्‍यो पनि प्रकट गरिदिनुहुनेछ। केवल हामीले जे प्राप्‍त गरिसकेका छौं, त्‍यसमा दह्रिला भइबसौं।
भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेको नमूनाअनुसार जिउनेहरूलाई हेर।
Philippians 3:13-17