Philippians 1:21-30

फिलिप्पी 1:21-30 - किनकि मेरो निम्‍ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्‍ति त्‍यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्‍नुपर्ने हो, त्‍यो म भन्‍न सक्‍दिनँ। म त दोधारमा परेको छु। बरु बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्‍छा छ, किनभने यो धेरै नै असल छ, तर शरीरमा रहन तिमीहरूका खातिर झन्‌ आवश्‍यक छ। यस कुरामा निश्‍चित भएर म जान्‍दछु कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्‍दको निम्‍ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्‍नेछु, यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्‍त कारण होस्‌।
केवल तिमीहरूका जीवनको चाल ख्रीष्‍टका सुसमाचारको योग्‍य होस्‌। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्‍थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्‍न चाहन्‍छु, कि तिमीहरू एउटै आत्‍मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्‍वासको निम्‍ति मिलेर परिश्रम गर्दछौ, र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्‍ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्‍ति चाहिँ मुक्तिको प्रत्‍यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्‍वरबाट हो। किनभने ख्रीष्‍टको निम्‍ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्‍वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्‍नुपर्छ, र त्‍यही सङ्घर्ष जो तिमीहरूले ममा देख्‍यौ र मसँग छ भनी अहिले सुन्‍दछौ, त्‍यसैमा तिमीहरू लागेका छौ।

किनकि मेरो निम्‍ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्‍ति त्‍यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्‍नुपर्ने हो, त्‍यो म भन्‍न सक्‍दिनँ। म त दोधारमा परेको छु। बरु बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्‍छा छ, किनभने यो धेरै नै असल छ, तर शरीरमा रहन तिमीहरूका खातिर झन्‌ आवश्‍यक छ। यस कुरामा निश्‍चित भएर म जान्‍दछु कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्‍दको निम्‍ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्‍नेछु, यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्‍त कारण होस्‌। केवल तिमीहरूका जीवनको चाल ख्रीष्‍टका सुसमाचारको योग्‍य होस्‌। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्‍थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्‍न चाहन्‍छु, कि तिमीहरू एउटै आत्‍मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्‍वासको निम्‍ति मिलेर परिश्रम गर्दछौ, र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्‍ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्‍ति चाहिँ मुक्तिको प्रत्‍यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्‍वरबाट हो। किनभने ख्रीष्‍टको निम्‍ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्‍वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्‍नुपर्छ, र त्‍यही सङ्घर्ष जो तिमीहरूले ममा देख्‍यौ र मसँग छ भनी अहिले सुन्‍दछौ, त्‍यसैमा तिमीहरू लागेका छौ।

फिलिप्पी 1:21-30

Philippians 1:21-30