Mark 16:15-20
![मर्कूस 16:15-20 - अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्।
तब यसरी तिनीहरूसँग बोलिसक्नुभएपछि प्रभु येशू स्वर्गारोहण हुनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे। प्रभुले तिनीहरूका साथमा काम गर्दैरहनुभयो, र चिन्हहरूद्वारा वचनलाई सुदृढ़ पार्नुभयो। आमेन।]](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F320x320%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fstatic-youversionapi-com%2Fimages%2Fbase%2F94047%2F1280x1280.jpg&w=640&q=75)
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। तब यसरी तिनीहरूसँग बोलिसक्नुभएपछि प्रभु येशू स्वर्गारोहण हुनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे। प्रभुले तिनीहरूका साथमा काम गर्दैरहनुभयो, र चिन्हहरूद्वारा वचनलाई सुदृढ़ पार्नुभयो। आमेन।]
मर्कूस 16:15-20