Micah 6:1-8

मीका 6:1-8 - परमप्रभु जे भन्‍नुहुन्‍छ, सो तिमीहरू ध्‍यानसित सुन:
“खड़ा होओ, र पर्वतहरूका सामु तिमीहरूको उजूर पेश गर, र तिमीहरू के भन्‍छौ डाँड़ाहरूले सुनून्‌। हे पर्वत हो, हे पृथ्‍वीका अनन्‍त जग हो, परमप्रभुको आरोप ध्‍यानसित सुन। किनकि आफ्‍नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्‍छ।
“हे मेरा प्रजा, मैले तिमीहरूलाई के गरें? मैले कसरी तिमीहरूलाई बोझ बोकाएको छु र? मलाई जवाफ देओ। मैले त तिमीहरूलाई मिश्रदेशदेखि माथि ल्‍याएँ र तिमीहरूलाई दासत्‍वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूका अगुवा हुनलाई मोशा, हारून र मिरियमलाई पनि मैले पठाएँ। हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्‍लाह गरेको थियो, र बओरको छोरा बालामले त्‍यसलाई के जवाफ दियो, त्‍यो स्‍मरण गर। शित्तीमदेखि गिलगालसम्‍मैको यात्रालाई सम्‍झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्‍न सक।”
के लिएर म परमप्रभुको सामु आऊँ, र उच्‍च भएका परमेश्‍वरको सामु निहुरूँ? के एक वर्षे बाछाहरू लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ? के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्‍न हुनुहुन्‍छ र? के म आफ्‍नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ? ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।

परमप्रभु जे भन्‍नुहुन्‍छ, सो तिमीहरू ध्‍यानसित सुन: “खड़ा होओ, र पर्वतहरूका सामु तिमीहरूको उजूर पेश गर, र तिमीहरू के भन्‍छौ डाँड़ाहरूले सुनून्‌। हे पर्वत हो, हे पृथ्‍वीका अनन्‍त जग हो, परमप्रभुको आरोप ध्‍यानसित सुन। किनकि आफ्‍नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्‍छ। “हे मेरा प्रजा, मैले तिमीहरूलाई के गरें? मैले कसरी तिमीहरूलाई बोझ बोकाएको छु र? मलाई जवाफ देओ। मैले त तिमीहरूलाई मिश्रदेशदेखि माथि ल्‍याएँ र तिमीहरूलाई दासत्‍वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूका अगुवा हुनलाई मोशा, हारून र मिरियमलाई पनि मैले पठाएँ। हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्‍लाह गरेको थियो, र बओरको छोरा बालामले त्‍यसलाई के जवाफ दियो, त्‍यो स्‍मरण गर। शित्तीमदेखि गिलगालसम्‍मैको यात्रालाई सम्‍झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्‍न सक।” के लिएर म परमप्रभुको सामु आऊँ, र उच्‍च भएका परमेश्‍वरको सामु निहुरूँ? के एक वर्षे बाछाहरू लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ? के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्‍न हुनुहुन्‍छ र? के म आफ्‍नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ? ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।

मीका 6:1-8

Micah 6:1-8