Matthew 8:9-13

किनकि म पनि अधिकारीहरूका अधीनमा छु, अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एक जनालाई ‘जा’ भन्छु, अनि त्यो जान्छ, र अर्कालाई ‘आइज’ भन्छु, अनि त्यो आउँछ। मेरो कमारालाई ‘यसो गर्’ भन्छु, अनि त्यसले त्यो गर्छ।” तिनको कुरा सुनेर येशूले आश्चर्य मान्नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि यति ठूलो विश्वास मैले भेट्टाएको छैनँ। म तिमीहरूलाई भन्दछु, पूर्व र पश्चिमबाट धेरै जना आउनेछन्, र अब्राहाम, इसहाक र याकूबसँग स्वर्गका राज्यको भोजमा बस्नेछन्। तर राज्यका सन्तान बाहिरी अन्धकारमा फालिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।” तब येशूले कप्तानलाई भन्नुभयो, “जाऊ, जस्तो तिमीले विश्वास गरेका छौ, त्यस्तै तिमीलाई होस्।” अनि त्यो नोकर त्यही घड़ी निको भयो।
मत्ती 8:9-13