Matthew 7:13-23

“साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन्। “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्जीर टिपिन्छ र? त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्तछ। असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ। “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’ अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’
मत्ती 7:13-23