ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:1-5

“अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ। किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ। “किन तिमी आफ्नो भाइको आँखामा भएको धूलोको कण देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? अथवा तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ।’ ए ढोंगी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ।
मत्ती 7:1-5