Matthäus 6:19-23

मत्ती 6:19-23 - “आफ्‍नो निम्‍ति पृथ्‍वीमा धन-सम्‍पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्‍ट पार्छन्‌ र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्‌। तर आफ्‍नो निम्‍ति स्‍वर्गमा धन-सम्‍पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्‍ट पार्दैन, र चोरले पनि चोर्दैन। किनकि जहाँ तिम्रो धन हुन्‍छ, त्‍यहीँ तिम्रो मन पनि हुन्‍छ।
“आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्‍वस्‍थ छन्‌ भने, तिम्रो सारा शरीर उज्‍यालो हुनेछ। तर तिम्रा आँखा खराब छन्‌ भने, तिम्रो सारा शरीर अँध्‍यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने, त्‍यो अँध्‍यारो कस्‍तो घोर हुन्‍छ!
Matthäus 6:19-23