Matthew 3:7-12

मत्ती 3:7-12 - तर फरिसीहरू र सदुकीहरूमध्‍ये धेरै जनालाई बप्‍तिस्‍मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्‍चा हो, आउन लागेको क्रोधबाट भाग्‍न कसले तिमीहरूलाई चेताउनी दियो? यसकारण पश्‍चात्ताप सुहाउँदो फल फलाओ। अब्राहाम नै हाम्रा पिता हुनुहुन्‍छ भनी आपसमा भन्‍ने नगर। किनभने म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामको लागि सन्‍तान उत्‍पन्‍न गर्न सक्‍नुहुन्‍छ। अहिले नै रूखको फेदमा बन्‍चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।
“मचाहिँ त तिमीहरूलाई पश्‍चात्तापको लागि पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर मपछि आउनुहुने मभन्‍दा अझ शक्तिशाली हुनुहुन्‍छ, जसका जुत्ता बोक्‍ने योग्‍यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ। उहाँको निफन्‍ने नाङ्‌लो उहाँकै हातमा छ, र उहाँले आफ्‍ना खलालाई पूरै सफा पार्नुहुनेछ, र आफ्‍नो गहूँ धनसारमा जम्‍मा गर्नुहुनेछ, तर भुसजति चाहिँ ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।”

तर फरिसीहरू र सदुकीहरूमध्‍ये धेरै जनालाई बप्‍तिस्‍मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्‍चा हो, आउन लागेको क्रोधबाट भाग्‍न कसले तिमीहरूलाई चेताउनी दियो? यसकारण पश्‍चात्ताप सुहाउँदो फल फलाओ। अब्राहाम नै हाम्रा पिता हुनुहुन्‍छ भनी आपसमा भन्‍ने नगर। किनभने म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामको लागि सन्‍तान उत्‍पन्‍न गर्न सक्‍नुहुन्‍छ। अहिले नै रूखको फेदमा बन्‍चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ। “मचाहिँ त तिमीहरूलाई पश्‍चात्तापको लागि पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर मपछि आउनुहुने मभन्‍दा अझ शक्तिशाली हुनुहुन्‍छ, जसका जुत्ता बोक्‍ने योग्‍यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ। उहाँको निफन्‍ने नाङ्‌लो उहाँकै हातमा छ, र उहाँले आफ्‍ना खलालाई पूरै सफा पार्नुहुनेछ, र आफ्‍नो गहूँ धनसारमा जम्‍मा गर्नुहुनेछ, तर भुसजति चाहिँ ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।”

मत्ती 3:7-12

Matthew 3:7-12