मत्ती 28:5-10

तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्नुभएको छ, र उहाँ तिमीहरूभन्दा अगाडि गालीलमा जाँदैहुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।” अनि तिनीहरू डर र अति आनन्दसँग झट्टै चिहानबाट निस्केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे। अकस्मात् येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, “शान्ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत् गरे। तब येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”
मत्ती 28:5-10