Matthew 27:46-54

मत्ती 27:46-54 - तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?”
त्‍यहाँ उभिएकाहरूमध्‍ये कति जनाले यो सुनेर भने, “यस मानिसले एलियालाई बोलाउँदैछ।”
तिनीहरूमध्‍ये एक जनाले झट्टै दगुरेर गई एउटा स्‍पन्‍ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दियो। तर बाँकीले भने, “हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन्‌ कि?”
तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्‍नो आत्‍मा त्‍याग्‍नुभयो।
त्‍यसै घड़ी मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍म दुई भाग भएर च्‍यातियो, र जमिन काँप्‍न लाग्‍यो, र चट्टानहरू फुटे। चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्‍तहरूका मृत शरीर जीवित भई उठे, र तिनीहरू चिहानहरूबाट निस्‍के, र मृतकबाट येशूको पुनरुत्‍थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे।
जब कप्‍तान र तिनीसँग येशूलाई रुँग्‍नेहरूले भूकम्‍प र त्‍यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्‍चै, यिनी परमेश्‍वरका पुत्र रहेछन्‌।”

तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?” त्‍यहाँ उभिएकाहरूमध्‍ये कति जनाले यो सुनेर भने, “यस मानिसले एलियालाई बोलाउँदैछ।” तिनीहरूमध्‍ये एक जनाले झट्टै दगुरेर गई एउटा स्‍पन्‍ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दियो। तर बाँकीले भने, “हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन्‌ कि?” तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्‍नो आत्‍मा त्‍याग्‍नुभयो। त्‍यसै घड़ी मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍म दुई भाग भएर च्‍यातियो, र जमिन काँप्‍न लाग्‍यो, र चट्टानहरू फुटे। चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्‍तहरूका मृत शरीर जीवित भई उठे, र तिनीहरू चिहानहरूबाट निस्‍के, र मृतकबाट येशूको पुनरुत्‍थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे। जब कप्‍तान र तिनीसँग येशूलाई रुँग्‍नेहरूले भूकम्‍प र त्‍यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्‍चै, यिनी परमेश्‍वरका पुत्र रहेछन्‌।”

मत्ती 27:46-54

Matthew 27:46-54