Matthew 26:40-43

तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, र पत्रुसलाई भन्नुभयो, “के तिमीहरू मसँग एक घण्टा पनि जागा बस्न सकेनौ? जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ।” फेरि दोस्रो पल्ट गएर उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो नपिई हुँदैन भने तपाईंकै इच्छा पूरा होस्।” उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए।
मत्ती 26:40-43