Matthew 23:37-39

“ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने! जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै मैले धेरै पल्ट तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले मानिनस्। हेर, तिमीहरूको घर उजाड छोडिएको छ। किनभने म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ नभनेसम्म तिमीहरूले मलाई देख्नेछैनौ।”
मत्ती 23:37-39