अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढ़ाए। अनि हेरोदकहाँ फर्की नजानू भन्ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के।