तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ।