मत्ती 10:16-20

“हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ। तर मानिसहरूदेखि होशियार होओ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्। तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्ने खड़ा गराइनेछौ र तिनीहरू र अन्यजातिहरूका निम्ति साक्षी हुनेछौ। तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्छन्, तब कसरी र के बोलौंला भनी फिक्री नगर। किनभने तिमीहरूले के बोल्नुपर्ने हो, त्यही घड़ी तिमीहरूलाई बताइनेछ। किनभने बोल्ने तिमीहरू आफै हुनेछैनौ, तर तिमीहरूका पिताका आत्मा तिमीहरूद्वारा बोल्नुहुनेछ।
मत्ती 10:16-20