Luke 6:36-42

लूका 6:36-42 - तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ।


“अरूको न्‍याय नगर र तिमीहरूको पनि न्‍याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ। देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”
अनि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त पनि भन्‍नुभयो: “के अन्‍धाले अन्‍धालाई डोर्‍याउन सक्‍छ? के तिनीहरू दुवै खाड़लमा पर्दैनन्‌ र? चेला आफ्‍ना गुरुभन्‍दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्‍ना गुरुजस्‍तै हुनेछ।
“आफ्‍नो भाइको आँखामा भएको छेस्‍को तिमी किन देख्‍तछौ, तर आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? तिमी आफ्‍नो आँखामा भएको मूढ़ा देख्‍दैनौ भने, आफ्‍नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्‍को मलाई निकाल्‍न देऊ’ भनी तिमी कसरी भन्‍न सक्‍छौ? ए कपटी, पहिला आफ्‍नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्‍को निकाल्‍नलाई छर्लङ्गै देख्‍न सक्‍छौ।

तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ। “अरूको न्‍याय नगर र तिमीहरूको पनि न्‍याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ। देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।” अनि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त पनि भन्‍नुभयो: “के अन्‍धाले अन्‍धालाई डोर्‍याउन सक्‍छ? के तिनीहरू दुवै खाड़लमा पर्दैनन्‌ र? चेला आफ्‍ना गुरुभन्‍दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्‍ना गुरुजस्‍तै हुनेछ। “आफ्‍नो भाइको आँखामा भएको छेस्‍को तिमी किन देख्‍तछौ, तर आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? तिमी आफ्‍नो आँखामा भएको मूढ़ा देख्‍दैनौ भने, आफ्‍नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्‍को मलाई निकाल्‍न देऊ’ भनी तिमी कसरी भन्‍न सक्‍छौ? ए कपटी, पहिला आफ्‍नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्‍को निकाल्‍नलाई छर्लङ्गै देख्‍न सक्‍छौ।

लूका 6:36-42

Luke 6:36-42