Luke 24:5-8

तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए, तर ती दुई पुरुषले भने, “तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ? उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नुभएको छ। गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर, कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ’।” तिनीहरूले उहाँका वचन सम्झे।
लूका 24:5-8