Luke 19:37-42

उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्नुहुँदा चेलाहरूको समस्त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्ति रमाउँदै, परमेश्वरको प्रशंसा गर्दै उच्च सोरले कराउन लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। स्वर्गमा शान्ति र परमधाममा महिमा।” अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।” तर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्।” जब येशू नजिकै आइपुग्नुभयो र सहरलाई देख्नुभयो, उहाँ त्यसको निम्ति रुनुभयो, “शान्ति कुन कुराले ल्याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्टिबाट त्यो लुकेको छ।
लूका 19:37-42