Luke 19:37-42

लूका 19:37-42 - उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्‍नुहुँदा चेलाहरूको समस्‍त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्‍ति रमाउँदै, परमेश्‍वरको प्रशंसा गर्दै उच्‍च सोरले कराउन लागे,
“परमप्रभुको नाउँमा आउने राजा धन्‍य हुन्‌।
स्‍वर्गमा शान्‍ति र परमधाममा महिमा।”
अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्‍काउनुहोस्‌।”
तर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्‌।”
जब येशू नजिकै आइपुग्‍नुभयो र सहरलाई देख्‍नुभयो, उहाँ त्‍यसको निम्‍ति रुनुभयो, “शान्‍ति कुन कुराले ल्‍याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्‍टिबाट त्‍यो लुकेको छ।

उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्‍नुहुँदा चेलाहरूको समस्‍त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्‍ति रमाउँदै, परमेश्‍वरको प्रशंसा गर्दै उच्‍च सोरले कराउन लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्‍य हुन्‌। स्‍वर्गमा शान्‍ति र परमधाममा महिमा।” अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्‍काउनुहोस्‌।” तर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्‌।” जब येशू नजिकै आइपुग्‍नुभयो र सहरलाई देख्‍नुभयो, उहाँ त्‍यसको निम्‍ति रुनुभयो, “शान्‍ति कुन कुराले ल्‍याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्‍टिबाट त्‍यो लुकेको छ।

लूका 19:37-42

Luke 19:37-42