Luke 18:1-8

लूका 18:1-8 - तिनीहरू सधैँ प्रार्थना गरिरहून्‌ र निराश नहोऊन्‌ भन्‍ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो: “कुनै एउटा सहरमा परमेश्‍वरको भय नमान्‍ने र मानिसको वास्‍ता नगर्ने एक जना न्‍यायाधीश थिए। त्‍यसै सहरमा एउटी विधवा थिई। त्‍यो तिनीकहाँ आइरहन्‍थी, र भन्‍थी, ‘मेरो वादीको अगि मेरो न्‍याय गरिदिनुहोस्‌।’
“तिनले केही समयसम्‍म त मानेनन्, तर पछिबाट तिनले आफ्‍नो मनमा भने, ‘म परमेश्‍वरको डर मान्‍दिनँ। मानिसको वास्‍ता पनि गर्दिनँ। तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्‍यसको न्‍याय गरिदिनेछु, नत्रता तिनी एकोहोरो आएर मलाई वाक्‍क बनाउनेछे’।”
प्रभुले भन्‍नुभयो, “सुन, ती अधर्मी न्‍यायाधीशले के भन्‍दछन्‌। के परमेश्‍वरले उहाँलाई रातदिन पुकार्ने आफ्‍ना चुनिएकाहरूको न्‍याय गरिदिनुहुन्‍न र? के उहाँले तिनीहरूका निम्‍ति बियाँलो गर्नुहुन्‍छ र? म तिमीहरूलाई भन्‍दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्‍याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्‍वीमा विश्‍वास भेट्टाउनेछ र?”

तिनीहरू सधैँ प्रार्थना गरिरहून्‌ र निराश नहोऊन्‌ भन्‍ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो: “कुनै एउटा सहरमा परमेश्‍वरको भय नमान्‍ने र मानिसको वास्‍ता नगर्ने एक जना न्‍यायाधीश थिए। त्‍यसै सहरमा एउटी विधवा थिई। त्‍यो तिनीकहाँ आइरहन्‍थी, र भन्‍थी, ‘मेरो वादीको अगि मेरो न्‍याय गरिदिनुहोस्‌।’ “तिनले केही समयसम्‍म त मानेनन्, तर पछिबाट तिनले आफ्‍नो मनमा भने, ‘म परमेश्‍वरको डर मान्‍दिनँ। मानिसको वास्‍ता पनि गर्दिनँ। तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्‍यसको न्‍याय गरिदिनेछु, नत्रता तिनी एकोहोरो आएर मलाई वाक्‍क बनाउनेछे’।” प्रभुले भन्‍नुभयो, “सुन, ती अधर्मी न्‍यायाधीशले के भन्‍दछन्‌। के परमेश्‍वरले उहाँलाई रातदिन पुकार्ने आफ्‍ना चुनिएकाहरूको न्‍याय गरिदिनुहुन्‍न र? के उहाँले तिनीहरूका निम्‍ति बियाँलो गर्नुहुन्‍छ र? म तिमीहरूलाई भन्‍दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्‍याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्‍वीमा विश्‍वास भेट्टाउनेछ र?”

लूका 18:1-8

Luke 18:1-8