Jude 1:20-25

यहूदा 1:20-25 - तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्‍वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्‍मामा प्रार्थना गर। आफैलाई परमेश्‍वरको प्रेममा राख र अनन्‍त जीवनको निम्‍ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर। दोधारमा हुनेहरूलाई दया देखाओ, अरूलाई आगोबाट तानी निकालेर बचाओ, कसै-कसैलाई दया देखाउँदा होशियार गर, पापमय स्‍वभावद्वारा अपवित्र भएका वस्‍त्रसमेत घृणा गर।

अब, जसले तिमीहरूलाई पापमा फस्‍नदेखि बचाउन सक्‍नुहुन्‍छ, र जसले तिमीहरूलाई आनन्‍दसहित उहाँकै महिमाको सामने निष्‍कलङ्क प्रस्‍तुत गर्न सक्‍नुहुन्‍छ, उही एकमात्र परमेश्‍वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्‍व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्‌। आमेन।

तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्‍वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्‍मामा प्रार्थना गर। आफैलाई परमेश्‍वरको प्रेममा राख र अनन्‍त जीवनको निम्‍ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर। दोधारमा हुनेहरूलाई दया देखाओ, अरूलाई आगोबाट तानी निकालेर बचाओ, कसै-कसैलाई दया देखाउँदा होशियार गर, पापमय स्‍वभावद्वारा अपवित्र भएका वस्‍त्रसमेत घृणा गर। अब, जसले तिमीहरूलाई पापमा फस्‍नदेखि बचाउन सक्‍नुहुन्‍छ, र जसले तिमीहरूलाई आनन्‍दसहित उहाँकै महिमाको सामने निष्‍कलङ्क प्रस्‍तुत गर्न सक्‍नुहुन्‍छ, उही एकमात्र परमेश्‍वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्‍व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्‌। आमेन।

यहूदा 1:20-25

Jude 1:20-25