John 20:29-31

येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई देखेको कारणले ममाथि विश्वास गरेका हौ? धन्य हुन् तिनीहरू, जसले मलाई देखेका छैनन्, र पनि विश्वास गर्छन्।” येशूले अरू धेरै चिन्हहरू चेलाहरूका सामुन्ने गर्नुभयो, जुनचाहिँ यस पुस्तकमा लेखिएका छैनन्। तर यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर, र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्।
यूहन्ना 20:29-31