त्यो दिन तिमीहरूले मलाई केही सोध्नेछैनौ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्द पूर्ण होओस्।