Yochanan 14:3-7

अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ। जहाँ म गइरहेछु, तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ।” थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ, हामी जान्दैनौं, तब हामीले बाटो कसरी चिन्ने?” येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन। तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि उसो उहाँलाई चिन्दछौ, र उहाँलाई देखेका छौ।”
यूहन्ना 14:3-7