John 14:22-24

यहूदाले (इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “प्रभु, तपाईंले के भन्नुभएको, तपाईं आफैलाई हामीमा प्रकट गर्नुहुन्छ, र संसारलाई चाहिँ होइन?” येशूले तिनलाई जवाफ दिई भन्नुभयो, “जसले मलाई प्रेम गर्छ, त्यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौं, र त्यससँग वास गर्नेछौं। मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्छौ, त्यो मेरो होइन, तर मलाई पठाउनुहुने पिताको हो।
यूहन्ना 14:22-24