Johannes 13:12-17

तिनीहरूका गोडा धोइसक्नुभएपछि आफ्नो बाहिरी वस्त्र लाएर उहाँ फेरि बस्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू जान्दछौ, मैले तिमीहरूका निम्ति के गरें? तिमीहरू मलाई ‘गुरु र प्रभु’ भन्दछौ, त्यो तिमीहरू ठीकै भन्दछौ, किनभने म उही हुँ। यदि तिमीहरूका प्रभु र गुरु भईकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर। साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठूलो हुँदैन, अनि खबर लाने खबर पठाउनेभन्दा ठूलो हुँदैन। यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यौ भने, तिमीहरू धन्य हुनेछौ।
यूहन्ना 13:12-17