John 1:14-34

यूहन्‍ना 1:14-34 - अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।
यूहन्‍नाले उहाँको विषयमा गवाही दिँदै उच्‍च स्‍वरले भने, “उहाँ त्‍यही व्‍यक्ति हुनुहुन्‍छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो’।” उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं। किनभने व्‍यवस्‍था मोशाद्वारा दिइयो, अनुग्रह र सत्‍यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए। परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।


जब यरूशलेमबाट यहूदीहरूले पूजाहारीहरू र लेवीहरूलाई उनीकहाँ “तिमी को हौ?” भन्‍ने कुरा सोध्‍न पठाए, तब यूहन्‍नाको गवाही यो थियो। उनले स्‍वीकार गरे, अनि इन्‍कार गरेनन्, र “म ख्रीष्‍ट होइनँ” भनी स्‍वीकार गरे।
तब तिनीहरूले उनलाई सोधे, “तब के? तिमी एलिया हौ?”
उनले भने “म होइनँ।”
“के तिमी त्‍यो अगमवक्ता हौ?”
उनले जवाफ दिए, “होइन।”
तिनीहरूले उनलाई भने, “तिमी को हौ? हामीलाई भन, र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सकौं। तिमी आफ्‍नो विषयमा के भन्‍छौ?”
उनले भने “यशैया अगमवक्ताले भनेझैँ, ‘परमप्रभुको मार्ग तयार पार’ भनी उजाड-स्‍थानमा कराउने एक व्‍यक्तिको म आवाज हुँ।”
तिनीहरूलाई फरिसीहरूले पठाएका थिए। अनि तिनीहरूले उनलाई सोधे “तिमी ख्रीष्‍ट पनि होइनौ, एलिया पनि होइनौ, त्‍यो अगमवक्ता पनि होइनौ भने, किन बप्‍तिस्‍मा दिन्‍छौ?”
यूहन्‍नाले तिनीहरूलाई जवाफ दिए, “म त पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर तिमीहरूका माझमा एक जना खड़ा हुनुहुन्‍छ, जसलाई तिमीहरू चिन्‍दैनौ। मपछि आउनुहुने उहाँ नै हुनुहुन्‍छ। उहाँका जुत्ताको फित्ता खोल्‍ने योग्‍यको म छैनँ।”
यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए।

भोलिपल्‍ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा! उनी उहाँ नै हुनुहुन्‍छ, जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एक जना मानिस आउनुहुन्‍छ, जो मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो।’ म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै पानीले बप्‍तिस्‍मा दिँदै म आएँ।”
यूहन्‍नाले यसो भन्‍दै गवाही दिए, “मैले पवित्र आत्‍मालाई ढुकुरको रूपमा स्‍वर्गबाट ओर्लेर आई उहाँमाथि बस्‍नुभएको देखें। मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्‍तिस्‍मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्‍नुभयो, ‘जसमाथि तिमी पवित्र आत्‍मालाई ओर्लंदै र बस्‍दैगर्नुभएको देख्‍छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँ नै हुनुहुन्‍छ।’ मैले देखेको छु, र गवाही दिएको छु, कि परमेश्‍वरका पुत्र उहाँ नै हुनुहुन्‍छ।”

अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो। यूहन्‍नाले उहाँको विषयमा गवाही दिँदै उच्‍च स्‍वरले भने, “उहाँ त्‍यही व्‍यक्ति हुनुहुन्‍छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो’।” उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं। किनभने व्‍यवस्‍था मोशाद्वारा दिइयो, अनुग्रह र सत्‍यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए। परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। जब यरूशलेमबाट यहूदीहरूले पूजाहारीहरू र लेवीहरूलाई उनीकहाँ “तिमी को हौ?” भन्‍ने कुरा सोध्‍न पठाए, तब यूहन्‍नाको गवाही यो थियो। उनले स्‍वीकार गरे, अनि इन्‍कार गरेनन्, र “म ख्रीष्‍ट होइनँ” भनी स्‍वीकार गरे। तब तिनीहरूले उनलाई सोधे, “तब के? तिमी एलिया हौ?” उनले भने “म होइनँ।” “के तिमी त्‍यो अगमवक्ता हौ?” उनले जवाफ दिए, “होइन।” तिनीहरूले उनलाई भने, “तिमी को हौ? हामीलाई भन, र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सकौं। तिमी आफ्‍नो विषयमा के भन्‍छौ?” उनले भने “यशैया अगमवक्ताले भनेझैँ, ‘परमप्रभुको मार्ग तयार पार’ भनी उजाड-स्‍थानमा कराउने एक व्‍यक्तिको म आवाज हुँ।” तिनीहरूलाई फरिसीहरूले पठाएका थिए। अनि तिनीहरूले उनलाई सोधे “तिमी ख्रीष्‍ट पनि होइनौ, एलिया पनि होइनौ, त्‍यो अगमवक्ता पनि होइनौ भने, किन बप्‍तिस्‍मा दिन्‍छौ?” यूहन्‍नाले तिनीहरूलाई जवाफ दिए, “म त पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर तिमीहरूका माझमा एक जना खड़ा हुनुहुन्‍छ, जसलाई तिमीहरू चिन्‍दैनौ। मपछि आउनुहुने उहाँ नै हुनुहुन्‍छ। उहाँका जुत्ताको फित्ता खोल्‍ने योग्‍यको म छैनँ।” यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए। भोलिपल्‍ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा! उनी उहाँ नै हुनुहुन्‍छ, जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एक जना मानिस आउनुहुन्‍छ, जो मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो।’ म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै पानीले बप्‍तिस्‍मा दिँदै म आएँ।” यूहन्‍नाले यसो भन्‍दै गवाही दिए, “मैले पवित्र आत्‍मालाई ढुकुरको रूपमा स्‍वर्गबाट ओर्लेर आई उहाँमाथि बस्‍नुभएको देखें। मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्‍तिस्‍मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्‍नुभयो, ‘जसमाथि तिमी पवित्र आत्‍मालाई ओर्लंदै र बस्‍दैगर्नुभएको देख्‍छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँ नै हुनुहुन्‍छ।’ मैले देखेको छु, र गवाही दिएको छु, कि परमेश्‍वरका पुत्र उहाँ नै हुनुहुन्‍छ।”

यूहन्‍ना 1:14-34

John 1:14-34