Jeremiah 17:14-17

हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु, मलाई बचाउनुहोस् र म बाँच्नेछु, किनकि मेरो प्रशंसाको पात्र तपाईं नै हुनुहुन्छ। तिनीहरू मलाई भनिरहन्छन्, “परमप्रभुको वचन कहाँ छ? त्यो अब पूरा गरिओस्!” तपाईंको गोठालो हुनदेखि म भागेको छैनँ। तपाईं जान्नुहुन्छ कि निराशाको दिनको इच्छा मैले गरेको छैनँ। मेरो मुखबाट जे निस्कन्छ, त्यो तपाईंको सामुन्ने खुला छ। तपाईं मेरो त्रासको कारण नबन्नुहोस्, मेरा विपत्तिको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ।
यर्मिया 17:14-17