Jeremiah 1:4-14

परमप्रभुको यो वचन मकहाँ आयो, “मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।” मैले भनें, “हे परमप्रभु परमेश्वर, म त बोल्नै जान्दिनँ, म त बालकै छु।” तर परमप्रभुले मलाई भन्नुभयो, “‘म त बालकै छु,’ भनी नभन्। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्नैपर्छ। तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्नुहुन्छ। तब आफ्नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु। हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न म आज तँलाई जाति-जातिहरू र राज्य-राज्यहरूमाथि नियुक्त गर्दछु।” परमप्रभुको यो वचन मकहाँ आयो: “यर्मिया, तँ के देख्छस्?” मैले भनें, “म हाड़े-बदामका रूखको एउटा हाँगा देख्दैछु।” तब परमप्रभुले मलाई भन्नुभयो, “तैंले ठीकै देखिस्, किनकि मेरो वचन पूरा भएको होस् भनेर म नियालेर हेरिरहेको छु।” परमप्रभुको यो वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?” मैले भनें, “एउटा उम्लँदैगरेको भाँड़ो उत्तर दिशाबाट घोप्टिरहेको म देख्दैछु।” तब परमप्रभुले मलाई भन्नुभयो, “उत्तरदेखि नै यस देशका सबै मानिसहरूमाथि सर्वनाश खन्याइनेछ।
यर्मिया 1:4-14