Judges 6:11-14

अब परमप्रभुका दूत आएर अबीएजेरी योआशको, ओप्रा भन्ने ठाउँको फलाँटको रूखमुनि बसे। योआशका छोरा गिदोनचाहिँ मिद्यानीहरूबाट लुकाउनलाई दाखको कोलमा गहूँ चुट्दैथिए। तब परमप्रभुका दूतले गिदोनकहाँ देखा परेर तिनलाई भने, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ।” गिदोनले तिनलाई भने, “हजूर, सुन्नुहोस्, परमप्रभु साँच्ची नै हामीसँग हुनुहुन्छ भनेता यी सबै किन हामीलाई भएको? उहाँका ती सबै आश्चर्य कामहरू के भए, जो हामीले आफ्ना पिता-पुर्खाहरूबाट सुनेका छौं, जसले भन्थे, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट निकालेर ल्याउनुभएको होइन?’ तर अब त परमप्रभुले हामीलाई त्याग्नुभएको छ, र हामीलाई मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।” तब तिनीतिर फर्केर परमप्रभुले भन्नुभयो, “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर्। तँलाई पठाउने म नै हुँ।”
न्यायकर्ताहरू 6:11-14