James 1:17-27

याकूब 1:17-27 - हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन। उहाँले आफ्‍नै इच्‍छाले सत्‍यको वचनद्वारा हामीलाई जन्‍म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्‍टिको एक अगौटे फलजस्‍तो बन्‍न सकौं।

मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्‍येक मानिस सुन्‍नमा छिटो, बोल्‍नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ। किनकि मानिसको रीसले परमेश्‍वरको धार्मिकता ल्‍याउँदैन। यसैकारण सबै फोहोर कुरा र समस्‍त दुष्‍टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्‍छ।
तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ। कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ, किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ। तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ।
यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ। परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन। उहाँले आफ्‍नै इच्‍छाले सत्‍यको वचनद्वारा हामीलाई जन्‍म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्‍टिको एक अगौटे फलजस्‍तो बन्‍न सकौं। मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्‍येक मानिस सुन्‍नमा छिटो, बोल्‍नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ। किनकि मानिसको रीसले परमेश्‍वरको धार्मिकता ल्‍याउँदैन। यसैकारण सबै फोहोर कुरा र समस्‍त दुष्‍टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्‍छ। तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ। कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ, किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ। तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ। यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ। परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

याकूब 1:17-27

James 1:17-27