Isaiah 9:1-4

यशैया 9:1-4 - तापनि सङ्कष्‍ट परेकाहरूका निम्‍ति नैराश्‍य हुनेछैन। पहिले त उहाँले जबूलूनको देश र नप्‍तालीको देशलाई नम्र तुल्‍याउनुभयो, तर भविष्‍यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्‍यजातिहरूको गालीललाई सम्‍मानित तुल्‍याउनुहुनेछ।
अन्‍धकारमा हिँड्‌ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन्‌। मृत्‍युको छायाको देशमा बस्‍नेहरूमाथि एउटा ज्‍योति उदाएको छ। तपाईंले त्‍यस जातिको वृद्धि गराउनुभएको छ र तपाईंले तिनीहरूका आनन्‍द बढ़ाउनुभएको छ। कटनीको बेलामा मानिसहरू रमाएझैँ तिनीहरू तपाईंको सामुन्‍ने रमाउनेछन्, र लूटका माल बाँड्‌दा मानिसहरू खुशी भएझैँ तिनीहरू खुशी हुन्‍छन्‌। किनकि तपाईंले त्‍यसको बोझाको जुवा र त्‍यसको काँधको नोल, र त्‍यसलाई अत्‍याचार गर्नेको लाठो मिद्यानको हारको दिनमा भएझैँ चकनाचूर पारिदिनुभएको छ।

तापनि सङ्कष्‍ट परेकाहरूका निम्‍ति नैराश्‍य हुनेछैन। पहिले त उहाँले जबूलूनको देश र नप्‍तालीको देशलाई नम्र तुल्‍याउनुभयो, तर भविष्‍यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्‍यजातिहरूको गालीललाई सम्‍मानित तुल्‍याउनुहुनेछ। अन्‍धकारमा हिँड्‌ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन्‌। मृत्‍युको छायाको देशमा बस्‍नेहरूमाथि एउटा ज्‍योति उदाएको छ। तपाईंले त्‍यस जातिको वृद्धि गराउनुभएको छ र तपाईंले तिनीहरूका आनन्‍द बढ़ाउनुभएको छ। कटनीको बेलामा मानिसहरू रमाएझैँ तिनीहरू तपाईंको सामुन्‍ने रमाउनेछन्, र लूटका माल बाँड्‌दा मानिसहरू खुशी भएझैँ तिनीहरू खुशी हुन्‍छन्‌। किनकि तपाईंले त्‍यसको बोझाको जुवा र त्‍यसको काँधको नोल, र त्‍यसलाई अत्‍याचार गर्नेको लाठो मिद्यानको हारको दिनमा भएझैँ चकनाचूर पारिदिनुभएको छ।

यशैया 9:1-4

Isaiah 9:1-4