तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौं, र तपाईंचाहिँ कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं। हे परमप्रभु, ज्यादै क्रोधित नहुनुहोस्, हाम्रा पापहरू सधैँभरि सम्झी नरहनुहोस्। बिन्ती छ, हामीमाथि निगाह रहोस्, किनकि हामी सबै तपाईंकै प्रजा हौं।