Isaiah 55:1-7

“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन। जे रोटी नै होइन, त्यसको निम्ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्तोष नै दिँदैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? ध्यान देओ, ध्यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्यही खाओ, र स्वादिष्ट थोकहरू खाएर तिमीहरूको प्राण सन्तुष्ट हुनेछ। कान थाप, र मकहाँ आओ। सुन, ताकि तिमीहरूको प्राण जिओस्। म तिमीहरूसित अनन्त करार बाँध्नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम। हेर, मैले त्यसलाई जाति-जातिहरूका बीचमा साक्षी, र जाति-जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु। परमप्रभु, तिमीहरूका परमेश्वर, इस्राएलका परमपवित्रको कारण, तिमीहरूले नचिनेका जातिहरूलाई तिमीहरूले बोलाउनेछौ, र तिमीहरूलाई नचिन्ने जातिहरू तिमीहरूकहाँ हतार-हतार गरी आउनेछन्। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।” जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस्, र परमप्रभुतिर फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस्, र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ।
यशैया 55:1-7