किनकि म, परमप्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु, र तँलाई यसो भन्छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’। ए कीरा याकूब, ए सानो इस्राएल, नडरा! किनकि म नै तेरो सहायता गर्नेछु,” तँलाई उद्धार गर्नुहुने इस्राएलका परमपवित्र परमप्रभु घोषणा गर्नुहुन्छ।