Isaiah 29:13-16

यशैया 29:13-16 - परमप्रभुले यसो भन्‍नुहुन्‍छ, “यी मानिसहरू मुख देखाउन मेरो नजिक आउँछन्‌ र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय भने मदेखि टाढ़ा छ। मप्रतिको तिनीहरूको आराधना केवल मानिसहरूले सिकाएका विधिहरू हुन्‌। यसकारण म एक पल्‍ट फेरि यस प्रजाको बीचमा उदेकमाथि उदेकको काम गरेर छक्‍क पार्नेछु, र तिनीहरूका बुद्धिमान्‌ मानिसहरूको बुद्धि नष्‍ट हुनेछ, र तिनीहरूका सबैभन्‍दा चतुर मानिसहरूको चतुर्‍याइँ लोप हुनेछ।” धिक्‍कार तिनीहरूलाई, जसले आफ्‍नो युक्ति परमप्रभुबाट लुकाउने ठूलो प्रयत्‍न गर्दछन्, जसले आफ्‍ना काम अँध्‍यारोमा गर्दछन्, र सोच्‍छन्, “कसले हामीलाई देख्‍छ र? कसले जान्‍दछ?” कुमाले माटोजस्‍तै छ भनी सोचेजस्‍तै तिमीहरू कुरा उल्‍टापुल्‍टा पार्छौ! के बनाएको चीजले बनाउनेको विषयमा भन्‍छ, “त्‍यसले मलाई बनाएको होइन”? के बनाएको भाँड़ाले कुमालेको विषयमा यसो भन्‍न सक्‍छ, “त्‍यसले केही पनि जान्‍दैन”?

परमप्रभुले यसो भन्‍नुहुन्‍छ, “यी मानिसहरू मुख देखाउन मेरो नजिक आउँछन्‌ र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय भने मदेखि टाढ़ा छ। मप्रतिको तिनीहरूको आराधना केवल मानिसहरूले सिकाएका विधिहरू हुन्‌। यसकारण म एक पल्‍ट फेरि यस प्रजाको बीचमा उदेकमाथि उदेकको काम गरेर छक्‍क पार्नेछु, र तिनीहरूका बुद्धिमान्‌ मानिसहरूको बुद्धि नष्‍ट हुनेछ, र तिनीहरूका सबैभन्‍दा चतुर मानिसहरूको चतुर्‍याइँ लोप हुनेछ।” धिक्‍कार तिनीहरूलाई, जसले आफ्‍नो युक्ति परमप्रभुबाट लुकाउने ठूलो प्रयत्‍न गर्दछन्, जसले आफ्‍ना काम अँध्‍यारोमा गर्दछन्, र सोच्‍छन्, “कसले हामीलाई देख्‍छ र? कसले जान्‍दछ?” कुमाले माटोजस्‍तै छ भनी सोचेजस्‍तै तिमीहरू कुरा उल्‍टापुल्‍टा पार्छौ! के बनाएको चीजले बनाउनेको विषयमा भन्‍छ, “त्‍यसले मलाई बनाएको होइन”? के बनाएको भाँड़ाले कुमालेको विषयमा यसो भन्‍न सक्‍छ, “त्‍यसले केही पनि जान्‍दैन”?

यशैया 29:13-16

Isaiah 29:13-16