Isaiah 29:13-16

परमप्रभुले यसो भन्नुहुन्छ, “यी मानिसहरू मुख देखाउन मेरो नजिक आउँछन् र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय भने मदेखि टाढ़ा छ। मप्रतिको तिनीहरूको आराधना केवल मानिसहरूले सिकाएका विधिहरू हुन्। यसकारण म एक पल्ट फेरि यस प्रजाको बीचमा उदेकमाथि उदेकको काम गरेर छक्क पार्नेछु, र तिनीहरूका बुद्धिमान् मानिसहरूको बुद्धि नष्ट हुनेछ, र तिनीहरूका सबैभन्दा चतुर मानिसहरूको चतुर्याइँ लोप हुनेछ।” धिक्कार तिनीहरूलाई, जसले आफ्नो युक्ति परमप्रभुबाट लुकाउने ठूलो प्रयत्न गर्दछन्, जसले आफ्ना काम अँध्यारोमा गर्दछन्, र सोच्छन्, “कसले हामीलाई देख्छ र? कसले जान्दछ?” कुमाले माटोजस्तै छ भनी सोचेजस्तै तिमीहरू कुरा उल्टापुल्टा पार्छौ! के बनाएको चीजले बनाउनेको विषयमा भन्छ, “त्यसले मलाई बनाएको होइन”? के बनाएको भाँड़ाले कुमालेको विषयमा यसो भन्न सक्छ, “त्यसले केही पनि जान्दैन”?
यशैया 29:13-16