Hebrews 12:14-17

सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। ध्यान देओ, कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्, ताकि तीतोपनको जरो उम्रेर आईकन त्यसले फूट नल्याओस्, र धेरै जनालाई अशुद्ध नपारोस्। कोही पनि दुराचारी वा एसावजस्तै अधर्मी नहोस्, जसले एकछाक भोजनको लागि आफ्नो ज्येष्ठ पुत्रको जन्मसिद्ध अधिकार बेचिदियो। तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो। किनकि उसले पश्चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्यो खोजेको थियो।
हिब्रू 12:14-17