एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर। किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ। प्रत्येकले आफ्नै कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ।