Galatians 5:13-18

गलाती 5:13-18 - भाइ हो, तिमीहरू त स्‍वतन्‍त्रताको निम्‍ति बोलाइएका हौ। केवल त्‍यस स्‍वतन्‍त्रतालाई पापमय स्‍वभावको निम्‍ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन। किनभने समस्‍त व्‍यवस्‍था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्‌।” तर तिमीहरू एउटाले अर्कोलाई टोक्‍ने र निल्‍ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्‌।
तर म भन्‍दछु, पवित्र आत्‍माद्वारा हिँड़, र पापमय स्‍वभावका लालसा पूरा नगर। किनकि पापमय स्‍वभावका लालसा पवित्र आत्‍माको विरुद्ध हुन्‍छन्, अनि पवित्र आत्‍माको इच्‍छा पापमय स्‍वभावको विरुद्ध। तिमी जे गर्न चाहन्‍छौ त्‍यसबाट तिमीहरूलाई रोक्‍नका निम्‍ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्‍छन्‌। तर यदि तिमीहरू पवित्र आत्‍माद्वारा डोर्‍याइएका हौ भनेता तिमीहरू व्‍यवस्‍थाको अधीनमा हुँदैनौ।

भाइ हो, तिमीहरू त स्‍वतन्‍त्रताको निम्‍ति बोलाइएका हौ। केवल त्‍यस स्‍वतन्‍त्रतालाई पापमय स्‍वभावको निम्‍ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन। किनभने समस्‍त व्‍यवस्‍था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्‌।” तर तिमीहरू एउटाले अर्कोलाई टोक्‍ने र निल्‍ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्‌। तर म भन्‍दछु, पवित्र आत्‍माद्वारा हिँड़, र पापमय स्‍वभावका लालसा पूरा नगर। किनकि पापमय स्‍वभावका लालसा पवित्र आत्‍माको विरुद्ध हुन्‍छन्, अनि पवित्र आत्‍माको इच्‍छा पापमय स्‍वभावको विरुद्ध। तिमी जे गर्न चाहन्‍छौ त्‍यसबाट तिमीहरूलाई रोक्‍नका निम्‍ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्‍छन्‌। तर यदि तिमीहरू पवित्र आत्‍माद्वारा डोर्‍याइएका हौ भनेता तिमीहरू व्‍यवस्‍थाको अधीनमा हुँदैनौ।

गलाती 5:13-18

Galatians 5:13-18