Galater 1:10-21

गलाती 1:10-21 - के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।

भाइ हो, तिमीहरूले यो जान भन्‍ने म चाहन्‍छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन। किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्‍टको प्रकाशद्वारा मैले यो पाएको हुँ। यहूदी धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई भयानक रूपले सताएँ, र त्‍यसलाई नाश गर्न खोजें। हाम्रा जातिमा, मेरा दौँतरकाहरू धेरैलाई उछिनेर म यहूदी धर्ममा अगि बढ़ेको थिएँ, र मेरा पिता-पुर्खाको परम्‍परामा म ज्‍यादै जोशिलो थिएँ। तर, मेरो जन्‍म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्‍नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्‍वरलाई, जब अन्‍यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्‍ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्‍यो, तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ, न त मभन्‍दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्‍तै अरब देशमा गएँ, र पछि दमस्‍कसमा फर्केर आएँ।
तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्‍ध्र दिनसम्‍म बसें। तर प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिनँ। परमेश्‍वरको सामु म तिमीहरूलाई विश्‍वास दिलाउन चाहन्‍छु, कि म जे लेख्‍तछु त्‍यो झूटो होइन। त्‍यसपछि म सिरिया र किलिकियाका इलाकातिर गएँ।

के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ। भाइ हो, तिमीहरूले यो जान भन्‍ने म चाहन्‍छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन। किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्‍टको प्रकाशद्वारा मैले यो पाएको हुँ। यहूदी धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई भयानक रूपले सताएँ, र त्‍यसलाई नाश गर्न खोजें। हाम्रा जातिमा, मेरा दौँतरकाहरू धेरैलाई उछिनेर म यहूदी धर्ममा अगि बढ़ेको थिएँ, र मेरा पिता-पुर्खाको परम्‍परामा म ज्‍यादै जोशिलो थिएँ। तर, मेरो जन्‍म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्‍नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्‍वरलाई, जब अन्‍यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्‍ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्‍यो, तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ, न त मभन्‍दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्‍तै अरब देशमा गएँ, र पछि दमस्‍कसमा फर्केर आएँ। तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्‍ध्र दिनसम्‍म बसें। तर प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिनँ। परमेश्‍वरको सामु म तिमीहरूलाई विश्‍वास दिलाउन चाहन्‍छु, कि म जे लेख्‍तछु त्‍यो झूटो होइन। त्‍यसपछि म सिरिया र किलिकियाका इलाकातिर गएँ।

गलाती 1:10-21

Galater 1:10-21