Exodus 20:12-21

“आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस्। “हत्या नगर्नू। “व्यभिचार नगर्नू। “चोरी नगर्नू। “आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। “आफ्नो छिमेकीका घरको लालच नगर्नू। आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।” जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे। तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस् र हामी सुन्नेछौं, तर परमेश्वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।” मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्वर तिमीहरूलाई जाँच्नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।” मानिसहरू टाढ़ै उभिरहे। परमेश्वर हुनुभएको त्यो बाक्लो बादलमा उहाँको नजिक मोशा गए।
प्रस्थान 20:12-21